प्रधानमन्त्री ओली असोज ६ गते अमेरिका जादै

काठमाडौ,२ असोज — प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।