साफ च्याम्पियनसिप — नेपाल माल्दिभ्ससँग ३ (० गोलले पराजित

काठमाडौं,२७ भदौ  — साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । ३–० गोल अन्तरले नेपाल पराजित भएको हो ।
नेपालविरुद्ध माल्दिभ्सका इब्राहिम वाहिदले २ गोल गरेका थिए । उनले ८३ र ८४ औं मिनेटमा लगातार गोल गरेका थिए । भने पहिलो गोल अक्रम अब्दुल घानीले खेल सुरु भएको आठ मिनेटमै गरेका थिए । त्यसपछि माल्दिभ्सले नेपाललाई दबाबमा पारेको थियो । घानीले नेपालविरुद्ध फ्रि किकबाट गोल गरेका थिए । खेलकै क्रममा भारी वर्षा भएपछि २७ औं मिनेटमा खेल केहिबेरका लागि रोकिएको थियो ।