नेविसंघमा ३२ वर्षे उमेरको हदबन्दी हटाउने निर्णय

काठमाडौ,२६ भदौ —नेपाल विद्यार्थी संघले ३२ वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेको छ । नेविसंघ केन्द्रिय समितिको भदौ २३, २४ र २५ गते तीन दिन चलेको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीले संघीय संरचना अनुसार विधान मस्यौदा तयार गर्न नेविसंघलाई निर्देशन दिएको थियो । तर नेविसंघले असन्तुष्ट सबैलाई एक ठाउँमा ल्याएर महाधिवेशन गर्नका लागि ३२ वर्षे उमेर हद हटाएको दाबी गरेको छ ।