ठमेलमा आगलागी, ५ करोड भन्दा बढीको क्षति

 

काठमाडौ,२६ भदौ —काठमाडौको ठमेलमा आगलागी भएको छ । ज्याठामा रहेको सुमनमान स्थापितको घरबाट आगलागी सुरु भएको हो । बिहान पौने चार बजे प्रहरील थाँहा पाएपछि निभाउने प्रयास भएको थियो ।
आगलागीबाट पाँच करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको र अहिले क्षतिको विवरण संकलन भइरहेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।