प्रधानन्यायाधीशमा सिफारिस मिश्रको सुनुवाइ आज हुुने

 

काठमाडौं,२५ भदौ —प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रले आज संसदीय सुनुवाइ समितिको सामना गर्दैछन् । आइतबार मिश्रविरुद्ध उजुरी गर्ने उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले सोमबार उजुरीबारे मिश्रसँग जवाफ माग्न लागेको हो ।
संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइका लागि ९ बजे बैठक बोलाएको जनाएको छ । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि ७ भदौमा बसेको परिषद् बैठकले मिश्रको नाम सिफारिस गरेको थियो । मिश्र सिफारिस भएसँगै सुनुवाइ समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।