पुल भासिँदा सवारी आवागमन अवरुद्ध

काठमाडौ,१७ भदौ — सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिँदा सवारी आवागमन अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो ।
बाढीका कारण कटारी–दुधौली सडकखण्ड अन्तर्गत दुधौली नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएपछि अहिले चार पाङग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।