१२ घण्टापछि सूचारु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौ,१७ भदौ— यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अबरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १२ घण्टापछि सूचारु भएको छ । राति साढे ८ बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यती एयरलाईन्सको विमान गएराति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो ।
विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।