‘गाईजात्रा महोत्सव २०७५’ भोलिबाट राष्ट्रिय नाचघरमा हुदै

 

काठमाडौ, १० भदौ — यो बर्षको गाईजात्रा भदौ ११ गतेदेखि सुरु हुने भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा हरेक दिन साँझ साढे पाँच बजेदेखि कार्यक्रम सुरु हुनेछ ।

यस कार्यक्रमलाई गुन्जिता टेली संसार प्रालिले आयोजना गरेको हो । यस पटकको गाईजात्रामा दमन रुपाखेती, निरज नेपाल, प्रभाकर देव शर्मा, सुशीला निरौला उर्फ बिमली, रवि डंगोल, पूर्ण थापा, सुरेन्द्र केसी, शिवशंकर रिजाल, पल्पसा डंगोल, टिका भण्डारी, सन्तोष खनाल उर्फ फिल्मी किरो, पुष्प अवस्थी, बबिता बानिया उर्फ जेरी, विष्णु सापकोटा उर्फ हर्के हल्दार, शिवहरि बैरागी, शिव शर्मा लगायतका कलाकारको प्रस्तुति रहनेछ ।