४० घण्टापछि सन्नी खुनाको सलामीसहित अन्त्येष्टी

काठमाडौ, भदौ १० —शुक्रबार प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ सालघारीका १४ वर्षीय सन्नी खुनाको आज अन्त्येष्टी गरिएको छ ।

भीमदत्त नगरपालिका ९ ब्रम्हदेब महाकाली नदीमा धार्मिक परम्परा अनुसार खुनाको अन्त्येष्टी गरिएको हो ।

सरकारले शनिबार खुनालाई शहिद घोषणा गरेपछि परिवारले शव बुझेर महाकाली अञ्चल अस्पतालबाट घाटमा लगेका थिए । गत शुक्रबार करिब साँझ ५ बजे ट्राफिक चोक क्षेत्रमा गोली लागेका खुनाको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा एक घण्टापछि मृत्यु भएको थियो । खुनाको खुट्टा र छातीमा गोली लागेको थियो ।