गृहमन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरण गठनको तयारी गर्दै

 

काठमाडौं, ७ भदौं—गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरण गठनको तयारी सुरु गरेकोछ । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन लक्षित गरि मन्त्रालयले यस्तो कार्यक्र गर्न लागेको हो । विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धी कानुुनको संशोधन र एकीकरण गर्न ऐन, २०७४ बनेकोछ । जस अनुसार प्राविधिरण गठन गर्ने तयारीमा रहेको मन्त्रालयले जनाएकोछ । विपद् तथा द्धन्द्ध व्यवस्थापन महाशाखा अन्र्तगत विपद् अध्ययन जोखिम न्युनीकरण तथा पुुनर्लाभ शाखाका उपसचिव वंशीकुमार आचार्यका अनुसार प्राधिकरणले विपद् व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गर्ने परिकल्पना गरिएको बताए ।
वल्र्ड ह्युमनिटरियन दिवस–२०१८ को सन्दर्भमा एसोसियसन अफ इन्टरनेशनल एनजीओज इन नेपाल(आयन) ले बिहिबार आयोजनामा गरेको अन्तक्र्रिया कार्यक्रममा उपसचिव आचार्यले उक्त सार्क राष्ट्रमध्ये पहिले नेपालले सन् १९८२ मा नै विपद् जोखिम न्यूनीकरण तथा उद्धारसम्बन्धी कानुनी रुपमा नै कार्य थालेको जानकारी दिए । उनले भने,‘अहिले स्थानीय सरकारलाई नै विपद् व्यवस्थापनसम्बन्धी एकल अधिकार दिएका छौँ । स्थानीयले व्यवस्थापन गर्न नसक्ने अवस्था आएमा प्रदेश सरकार तथा मन्त्रालयले हेर्नेछ ।’ प्रत्येक वर्ष अगष्ट १९ का दिन वल्र्ड ह्युमनिटरियन दिवस मनाइन्छ ।
कार्यक्रममा आयनका प्रमुख सुभेशचन्द्र रेग्मीले भन्नुभयो–‘विपद्का बेला कुनै अमुक एनजीओ आइएनजीओले गल्ती गरेमा समग्र संगठनलाई नै आरोप लगाउने गरेको प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।’