रामेछाप जिल्ला समन्वय समितिका अधिकृतमाथि छुरा प्रहार

 

काठमाडौं, ७ भदौ—बुधबार राति रामेछापका एक अधिकृतमाथि छुुरा प्रहार गरिएकोछ । जिल्ला समन्वय समिति रामेछापमा कार्यरत कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदी माथि बुुधबार राती छुरा प्रहार गरिएको हो । मन्थली नगरपालिका—१ स्थित आफ्नै घरको माथिल्लो तलामा सुतिरहेका बेला मुुखमा मास्क लगाएर आएका अपरिचित व्यक्तिले उनको पेटमा छुरा प्रहार गरेको जानकारी आएकोछ ।
छुरा प्रहार गरे लगत्तै ति व्यक्तिहरु फरार भएका छन् । घाइते सेवदीको मन्थलीको तामाकोशी सहकारी अस्पतालमा उपचार गर्न लगेको र उपचार हुन नसकेपछि धुलिखेल अस्पतालमा लगिएको छ । उनको यतिबेला शल्यक्रिया भएको जानकारी आएकोछ ।