प्रहरी प्रमुख पोखरेल भन्छन्, ‘काठमाडौ सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर बस्नुहोस्’

काठमाडौं, २९ साउन—शंकाष्पत बम राखिएका घटनाले जनता त्रसीत भएका बेला काठमाडौं प्रहरी परिसरका प्रमुख एससपी विश्वराज पोखरेलले काठमाडौंको सुरक्षा व्यवस्था मजबुत भएकाले ढुक्क भई बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
बिहानैदेखि नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपाले बन्द आव्हान गरेको दिन उपन्याकाका विभिन्न स्थानमा बम भेटिएका हुन् । यसले सर्वसाधारण त्रसित देखिन्छन् । प्रमुख पोखेलले निर्धक्क भएर हिडडुल गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।