कर्णालीले उर्लिएपछि दौलतपुर डुवानमा

बर्दिया, २८ साउन—राजापुर नगरपालिलकाको दौलतपुर डुवानमा परेकोछ । आइतबारदेखि परेको अविरल वर्षा संगै बर्दियाबाट बग्ने कर्णाली नदीमा आएको बाढीले दौलतपुर डुवानमा परको हो । स्थानीय प्रशासनले जानकारी दिए अनुसार बाढीले करिब एक दर्जन घर डुवानमा परेको खुलेकोछ । डुवान पछि सुकुम्बासीका गाउका बासिन्दाले छिमेकीको घरमा आश्रय लिन बाध्यभ एका छन् ।

जलस्तर बढ्दै गएका कारण बाढीले दौलतपुर हुँदै राजापुर बजार क्षेत्र डुबानको जोखिममा परेको छ । दौलतपुरका अन्य घरमा बाढीको पानी पसेको स्थानीयले बताएका छन् ।