हेटौंडाको ओम्याक्स सिनेमा हलमा आगलागी

 

काठमाडौ, २३ साउन — हेटौंडा ४ स्थित ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ। बुधबार बिहान करिब साढे नौ बजेबाट भएको आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । हलमा बिहानीको फिल्म सो नरहेकाले मानवीय क्षति भने नभएको प्रहरीले बताएका छन्।  आगलागीको कारण भने खुलेको छैन।