न्यायालयमाथि अतिक्रमण भयो — कांग्रेस

काठमाडौ, २३ साउन — प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी ओलीले न्यायालयको स्वतन्त्रता, निष्पक्षतामाथि अतिक्रमण गरेर हस्तक्षेप गरेको आरोप लगाएको छ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई दुईतिहाइबाट अस्वीकृत गरेपछि मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले यस्तो आरोप लगाएको हो । प्रधानमन्त्रीले पहिले सिफारिस गर्ने र पछि आफ्नै निर्देशनमा अस्वीकृत गर्न लगाएर न्यायालयमाथि हस्तक्षेप गरेको कांग्रेसको ठहर छ ।
समग्रमा, प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारीविपरीत प्रधानमन्त्री केपी ओलीले दुराशयपूर्ण तवरबाट आफैँ सिफारिस गर्ने, आफैँ अस्वीकृत गराउने दोहोरो भूमिका गर्नुभएका कारण प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया दुर्घटनामा प(यो,’ कांग्रेस बैठकको निर्णयमा उल्लेख छ ।