भक्कानिए डा. केसी

काठमाडौं, २२ साउन —   २७ दिन दिनको अनशनले कमजोर भएका डा. गोविन्द केसीको १३ दिनसम्म शिक्षण अस्पतालमा उपचार भयो । सामान्य उपचारले नधानेपछि उनलाई सघन उपचार कक्ष (आईसीयु)मा समेत ६ दिन राखियो । जब तंग्रिन थाले, तब उनी मंगलबार डिस्चार्ज भए । डिस्चार्जका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनको मुहारमा खुसी देखिएन ।