शान्ति, सुरक्षा माग गर्दै राप्रपा प्रजातान्त्रिक महिला संगठनद्वारा प्रदर्शन

काठमाडौं, २२ साउन —कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले शान्ति, सुरक्षा कायम गर्न माग गर्दै मंगलबार राजधानीमा प्रदर्शन गरेको छ ।
महिला र बालबालिकामाथि श्रृङ्खलाबद्ध हत्या, हिंसा र बलात्कार भईरहेको विरोधमा माईतीघर मण्डलामा सरकारविरुद्ध ¥याली सहित प्रर्दशन गरेको हो ।
प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृह मन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् ।