३ दिन देशभर बदली, मध्य र पूर्वमा भारी वर्षाको सम्भावना

काठमाडौ, २२ साउन— आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने योग छ । देशका थोरै स्थानमा भने आज भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान महाशाखाको छ ।