नयाँ शक्ति जुम्लाका पूर्वसंयोजक मृत फेला

काठमाडौ, २१ साउन— नयाँ शक्ति पार्टी नेपालका पूर्व जुम्ला संयोजक राधाकृष्ण बुड्थापा मृत अवस्थामा फेला परेका छन् ।

आइतबार दिउँसो जुम्लास्थित सनराइज होटलबाट निस्किएर घरतर्फ हिँडेका उनी जुगाड खोलामा मृत फेला परेका हुन् ।  उनको शव  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रहरीले सनराइज होटल सञ्चालकसहित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । जुम्ला प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।