पर्वतमा यात्रुबहाक बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर

काठमाडौ,२१ साउन — पर्वतको बेतेनीमा यात्रुबहाक बस दुर्घटना हुदा १९ जना घाइते भएका छन । घाइते मध्ये ६ को अवस्था गम्भिर छ ।
पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रुबहाक  बस  पर्वतको बेतेनीमा   दुर्घटना भएको हो ।

घटनामा गम्भिर घाइते ६ जनालाई आकस्मिक उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरातर्फ पठाइएको छ भने सामान्य घाइते १३ जनालाई जिल्ला अस्पताल पर्वत पठाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतले बताएको छ ।