जिम्बाब्बेमा मनांगाग्वा राष्ट्रपति पदमा निर्वाचित

 

काठमाडौं, १८ साउन—एमर्सन मनांगाग्वा जिम्बाब्बेको राष्ट्रपति निर्वाचनमा निर्वाचित भएका छन् । मनांगाग्वाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेका विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई झिनो मत अन्तरले हराउँदै विजयी भएका हुन् । बीबीसिले जनाए अनुसार जिम्बाब्बेको चुनाव आयोग प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले मनागांग्वा विजयी भएको घोषणा गरेको छ ।
१० प्रान्तको परिणाम जारी गर्दै चुनाव आयोगले भनेको छ मनांगाग्वाले ५० दशमलव ८ प्रतिशत भोट हासिल गरेका छन् । यसैगरी विपक्षी उम्मेदवार नेलसन चमिसाले ४४ दशमलव ३ प्रतिशत भोट पाए ।