सांसदमा निरु पालले भन्नु भयो—साँघुरो गल्लीमा खुट्टाले वाटो छेकेर मेरो घाँटीमा पेस्तोल राखियो

साउन १७, काठमाडौं — प्रतिनीधि सभा सदस्य निरु पालले आफूमाथि सांघातिक आक्रमण भएको विषय संसदमा जानकारी गराउनुुभएको छ ।

विहिवार संघिय संसदमा विशेष समय लिदै ज्यान लिने गरि आफूमाथि भएको आक्रमण वारे सभामुख मार्फत सरकार र जनतालाई जानकारी गराउनुु भएको हो ।
उहाले संसदको विशेष समयमा राखेको भनाइको सम्पादित केहि अंश यसप्रकार छ ।
साउन १५ गते म अलि चाडै घर गएको थिए । साँझ ८ बजेर १५ मिनेटमा म घरबाट साँघुरो अध्यारो गल्ली हुुदै दूध लिन पसलमा गएको थिएँ ।
त्यहाँ एक जना रेनकोट लगाएको मान्छे उभिरहेको थियो । त्यहाँ २ र ३ जना अरु मान्छे पनि थिए । गल्ली बाहिर ३ र ४ वटा मोटरसाइकल थिए ।

म पसलबाट दूध लिएर आएँ । उसले मलाई खुट्टाले छेकेर घाँटीमा पेस्तोल लगायो । मलाई अहिले पनि दुखिरहेको छ । अहिले पनि निलो डाम छ सभामुुख महोदय । पेस्तोल देखाएर मलाइ तर्साउन खोजिएको होला ।

मैले यो घटनलाई पृथक ढंगले लिएको छु । म कसैलाई दोष दिन चाहन्न । निरु पाललाई घाँटीमा पेस्तोल राखेर सरकार डगमगाउँछ भन्ने लागेको भए त्यो दिवास्वप्न मात्र हुनेछ ।

मलाई भोलिको बैठकमा गइस् भने सम्माननीय प्रधानमन्त्रीको नाम यति घटिया तरिकाले लिएर भन्यो तेरो लास भेट्न कसैले सक्दैन भनियो ।

मेरो मोवाइल खोसेर हल्ला गरिस् भने यहीँ ढाल्दिन्छु भन्यो । म पेस्तोल देखाउँदैमा डराउने मान्छे होइन ।

म सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । घटनापछि मैले राज्य प्रमुखलाई खबर गरेको थिएँ । सुरक्षामा सजग गराउनुभएको छ । सरकारले निरु पाललाई मात्र होइन आम नेपाली चेलीलाई सुरक्षित गराओस ।