‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक

 

काठमाडौ —छक्का पन्जा’ ३ को पहिलो गीत सार्वजनिक भएको छ । यो गीतमा चलचित्रका सबै कलाकारलाई देख्न सकिन्छ । मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ रहेका छन ।साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि यो गीतको भिडियोमा हेर्न सकिन्छ ।
दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्र दशौमा रिलिज हुने भएको छ ।