समस्या समाधान गर्न टोलवासीले गरे जनप्रतिनीधिको ध्यानाकर्षण

काठमाडौं, १२ साउन— काठमाण्डौ महानगरपालीका वडा नम्वर १० स्थित बुद्धमार्ग  टोल सुधार समितीले प्रदेश नं ३ एक ख का प्रदेश सभा सांसद र वडा अध्यक्षलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बिच टोलवासीले सासंद दिपेन्द्र श्रेष्ठ र अध्यक्ष रामकुुमार के.सीलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा टोलवासीले बाटो विस्तार, खानेपानीको समस्याको समाधान, टोलको सुरक्षाका लागि सिसीटिभी र साइरन जडान गर्नुुपर्ने लगायतका मागहरु राखेका थिए । वडा अध्यक्ष के.सीले टोलबासीका उचित मागहरु समयमै संवोधन गर्ने वचन दिए । प्रदेश सभाका सदस्य दिपेन्द्र श्रेष्ठले जनताका माग जति सक्दो पुरा गर्ने वताए ।

टोलमा वृक्षारोपण, वाटो निर्माण कार्य भइरहेको हुदा जनप्रतिनीधिका प्रतिवद्धता पुरा हुनेमा विकास समितिका सचिव नेत्र प्रसाद घिमिरेले विश्वास व्यक्त गरे । कार्यक्रमलाई सिमितिका निर्वतमान अध्यक्ष तिर्थ गुरुङले स्वागत मन्त्यव्य व्यक्त गरेका थिए ।
टोलसुधार समितीका सभापति हेमलाल गौतमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।