डा. केसीले २७ दिनमा तोडे अनशन

 

काठमाडौं, ११ साउन—अनशनरत डा. गोविन्द केसीले २७ दिन पछि अनशन तोडेका छन् । उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्ष सम्म नया आशयपत्र नदिनेलगायत नौं बुदे सहमतिसंगै चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन तोडिएको हो । सरकार र डा. केसी बिच सहमति भएपनि बिहिबार राती अनशन तोडिएको थियो ।

अब १० वर्ष सम्म उपत्यकामा नयां कलेज खोल्ने आशयपत्र प्रदान गरिने छैन । तर, यसअघि नै आशयपत्र प्राप्त गरी पुर्वाधार तयारी गरिसकेका कलेजका हकमा भने सरकारले मुआब्जा दिएर किन्न सक्ने खालको सहमति जुटाएकोछ ।