प्रदेश ५ :  सुविधा सम्बन्धी विधेयक आज पेश हुदै

 

रुपन्देही, ११ साउन—प्रदेश सभा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयकको प्रतिवेदन यतिबेला पेश हुदैछ । प्रदेश ५ मा झन्डै ४ महिनाअघिदेखि अड्कीएका मुख्यमन्त्र, मन्त्री, सभामुख, तथा उप सभामुख र प्रदेश सभा सदस्यहरुको पारिश्रमीक तथा सुविधा सम्बन्धी विधेयक बारे सम्भव भए सम्म आज किनारा लाग्ने भएकोछ ।

अधिकांश पदाधिकारी असन्तुष्टि भएपछि यस्तो विधेयक लागु गर्न थालिएको हो । शुक्रबार दिउसो १ बजे प्रदेश सभा सचिवालय बुटवलमा बस्ने बैठकमा प्रतिवेदन पेश हुनेछ । मुख्यमन्त्रीका लागि ६० हजार ९ सय ७०, मन्त्रीका लागि ५२ हजार, राज्यमन्त्री र सहायक मन्त्रीका लागि ४७ हजार मासिक सुविधा विधेयकमा तोकिएकोछ ।