प्रधानमन्त्री ज्यु, तुइन हट्ने कहिले ?

दार्चुला, ६ साउन—प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हदा एउटा घोषण गरेका थिए । कि देशभरीका तुइनलाई झोलुगेपुलले विस्थापीत गर्ने भनेर । अहिले पनि उनले आफु तुइनको सत्रु भएको बताउदै आएका पनि छन् । उनको भाषण सुन्दा दार्चुलाका बासिन्दा मख्ख पर्छन् । यसो भन्दैमा उनीहरुको समस्या भने समाधान भएको छैन ।
प्रधानमन्त्री ओलीको घोषणा आएको २ वर्षभन्दा बढी भए पनि अहिले सम्म दार्चुलाको तिग्रम र लालीमा लगायत दुई वटा बाहेकका अन्य स्थानमा झोलुंगे पुल बन्ने कुनै छाटकाट देखिदैन । स्थानीय महाकाली नदीमाथि ९ वटा पुल बनाउने भनिएपनि काम सुरु नहुदा अलमलमा छन् । उनीहरुका लागि पुल एकादेशको सपना जस्तै भएकोछ ।