महासंघले महिला पत्रकारलाई फुटबल खेलाउदै – तीन दिने प्रशिक्षण सुरु

काठमाडौं, ६ साउन– पत्रकार महासंघको महिला समीतिले महिला पत्रकार फुटबल प्रतियोगीता गर्दैछ । साउन १२ गते हुन लागेको प्रतियोगीताको प्रशिक्षण चरण आइतबारदेखि सुरु भएको छ । तीन दिन सम्म मात्रै गरिने प्रशिक्षणमा कोच देवेन्द्र जंग शाहले प्रशिक्षण दिइरहेका छन् । बिहान ६ बजे देखि दुई घन्टा प्रशिक्षण भइरहेकोछ । महिला पत्रकार सहयोगार्थ कोष स्थापना गर्न लागेको नेपाल पत्रकार महासंघको महिला समीतिले फुटवल खेलकुद आयोजना गर्न लागेको महासंघकी सचिव एवं समीति संयोजक लक्ष्मी पुनले बताइन् ।
नक्सालस्थित सानो गौचरणमा आइतबार कोच देवेन्द्र जंग शाह महिला पत्रकारालाई प्रशिक्षण दिएका थिए । उनले फुटबल खेल्नु भन्दा अघि अनुसाशनको पालना अनियावर्य गर्नु पर्ने सुनाए । महिला पत्रकारलाई समस्या परेको बेला दुई चार पैसा सहयोग गर्न सकिने आधार जुटाउन कोष स्थापना गर्न लागिएको महासंघकी केन्द्रिय सदस्य मधु शाहीले बताइन् ।