प्रहरीको आक्रमणबाट तरुण दल अध्यक्ष बस्नेत घाइते

 

काठमाडौ, ५ साउन — प्रहरीको आक्रमणबाट नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत घाइते भएका छन् । डा. गोविन्द केसीको मागको समर्थनमा एक्यबद्धता जनाउन माइतिघरबाट निकालिएको प्रर्दशनमा प्रहरीले लाठी र अश्रुल ग्यास हान्दा बस्नेत घाइते भएका हुन् ।

उनको टाउकोमा चोट लागेको छ । उपचारका लागि बानेश्वरमै रहेको सिभिल अस्पतालमा लगिएको छ ।