प्रदेश ५ मा १९ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं, ४ साउन—सरकारका लागि आवश्यक कानुन, कार्यविधि र संरचना निर्माण अभावले गत आर्थिक वर्षमा विकास तर्फको १९ प्रतिशत मात्र बजेट खर्च भएको प्रदेश ५को सरकारले जनाएकोछ ।
गएको वर्ष चैत ३० गते आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनु भएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनाए । उनका अनुसार १ अर्ब ५ करोड २ लाख रुपैयाको बजेट ल्याउनुभएको थियो । ।

३ महिनाको अवधिमा १९ करोड ३० लाख ५३ हजार रुपैयाँ मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बताए ।