श्रमिकको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत भुक्तानी गरिने

काठमाडौ, १ साउन— संघीय, प्रदेश र स्थानीय तहका सरकारी निकायमा काम गर्ने श्रमिकको पारिश्रमिक आजदेखि बैंकिङ प्रणालीमार्फत भुक्तानी थाल्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पेस गरेको श्रमिक र कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा बैंक खातामार्फत भुक्तानी गर्ने प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृति गरेपछि पारिश्रमिक भुक्तानीमा बैंकिङ प्रणाली लागु हुने भएको हो ।
निजी क्षेत्रको हकमा भने यो प्रावधान पुस मसान्तसम्म लागु गर्नुपर्ने बताइएको छ ।