स्मार्ट लाइसेन्स नै नक्कली , २ जना प्रक्राउ

काठमाडौ, ३१ असार— नक्कली स्मार्ट लाइसेन्स सहित २ जना प्रक्राउ परेका छन । प्रक्राउ पर्नेमा नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली छन ।
मनोज बग्गीखानास्थित ट्राफिक प्रहरी महाशाखाबाटै पक्राउ परेका हुन्न भने चक्र ललितपुरको ग्वार्कोमा समातिएका हुन । महाशाखाका अनुसार मनोजले ९० हजार र चक्रले १२ हजार रुपैयाँमा नक्कली स्मार्ट लाइसेन्स खरिद गरेका थिए । नक्कली लाइसेन्स प्रयोग गरी मनोजले टिपर चलाइरहेका थिए भने चक्रले चक्रपथ रुटमा चल्ने बा।५ख २८५४ नम्बरको बस चलाउँदै आएका थिए ।
स्मार्ट लाइसेन्स नै नक्कली
सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ .।
महानगरीय ट्राफिक सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथूका अनुसार ट्राफिक नियम उल्लंघनको आरोपमा पक्राउ परेका चक्रको स्मार्ट लाइसेन्स विशेष परीक्षणपछि नक्कली भएको खुलेको हो । मनोज पनि ट्राफिक नियम उल्लंघन गरेपछि फन्दामा परेका थिए । उनको लाइसेन्स यातायात व्यवस्था विभागमा परीक्षण गर्न पठाएपछि नक्कली भएको पुष्टि भएको थियो ।

नुवाकोटका मनोजले ९० हजार रुपैयाँ तिरेर किनेको ०१–०६–००२५१०८ नम्बरको स्मार्ट लाइसेन्स परीक्षण गर्दा सो नम्बरमा लाइसेन्स लिने अरू नै व्यक्ति रहेछ । मनोजको लाइसेन्स नक्कली रहेछ । पक्राउ परेका चक्रको लाइसेन्स पनि काठमाडौंका विष्णु महर्जनको नाममा रहेको कोड नम्बरबाट लिइएको खुलेको हो ।