आज भानुजयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौ,२९ असार— आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्म भएको हो ।
उनका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।