भक्तपुरमा पहिरो जादा एकै परिवारका तीन जनाको मृत्य

 

भक्तपुर, २८ असार—अविरल वर्षाका कारण पहिरो जादा भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु भएकोछ । चागुनारायण नगरपालिका ७ मझुवा बागेहिटीमा परिवारको मृत्य भएको हो ।

घरपछाडीको झरेको पहिरोले ७० वर्षिय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षिय सम्पदा लामाको मृत्यु भएको हो । महानगरीय परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।