राष्ट्रिय सभामा विनियोजन विधेयक बहुमतले पारित

 

काठमाडौं, २५ असार—विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएकोछ । विनियोजन विधेयक अन्तएत रहेको विभिन्न मन्त्रालयका लागि विनियोजीत रकम र शीर्षकमाथी सांसदले उठाएका प्रश्नको सम्बन्धीत मन्त्रीले जवाफ दिएका छन् ।

यस संगै आजै विनियोजन विधेयक पारितको प्रतिक्रिया अघि सारिएकोछ । अर्थमन्त्री युवराज खतिवडाले पेस गरेको आर्थिक विधेयक, राष्ट्र क्रण उठाउने विधेयक र क्रण तथा जमानत विधेयक बैठकको बहुमतले स्वीकृत गरेका छन् ।