बैतडीका सुत्केरीले भत्ता पाएनन

काठमाडौ,२५ असार— बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् ।
गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन् । रकम कम विनियोजन भएकाले चालू आवमा समयमै सुत्केरी भत्ता दिन नसकेको मेलौली नगरपालिकाका स्वास्थ संयोजक नारायण चन्दले जानकारी दिए ।

स्वास्थ संस्थामा बच्चा जन्माएबापत एक हजार र चार पटक गर्भजाँच गराएबापत रु ४०० गरी सुत्केरी आमालाई एकमुष्ट रु एक हजार ४०० दिइन्छ । सुत्केरी आमालाई समयमै भत्ता दिन नसकिएको सकार ःवाःथ्यचौकीका इञ्चार्ज नरेन्द्रराज भट्टराईले बताए । रासस