यस बर्षको यार्चा संकलनमा करिब १५ करोडको कारोबार

काठमाडौ,१२ असार — यस बर्षको यार्चा संकलनको सिजनमा करिब १५ करोड रुपैयाको कारोबार भएको छ ।
यार्चा खोज्ने, खरिद गर्ने, त्यसको व्यवस्थापन गर्ने, यार्चाको बिक्री लगायतका शिर्षकमा करिब १५ करोडको कारोबार कारोबार भएको अनुमान गरिएको छ । यस वर्षको यार्चा सिजन जेठ १५ देखि असार ३ गतेसम्म चलेको थियो ।