इच्छाराज तामाङको लापरवाहीले सिभिल होम्स् डुब्ने खतरा

  काठमाडौं, ११ असार—घर–जग्गा व्यवसायी इच्छाराज तामाङको चरम महत्वाकांक्षी योजना र व्यक्तिगत स्वार्थले प्रेरित भई व्यवसाय सञ्चालन गर्न खोज्दा सिभिल ग्रुप धराशयी हुने अवस्थामा पुगेको छ।
 आफ्नै नातागोताका नाममा फर्जी कम्पनी खडा गर्दै घर–जग्गाको नाममा ऋण लिने गरेका कागजातहरू फेला पर्न थालेपछि बैंकका कर्मचारीहरू आफ्नो रोजी–रोटी गुम्ने डरले आतंकित बन्न थालेका छन्।
 सिभिल होम्स् नामको आफ्नो घर–जग्गा व्यवसाय समस्याग्रस्त बन्दै गएपछि उनी अध्यक्ष रहेको सिभिल बैंक र सहकारीमा मनोमानी ढंगबाट ऋण उठाउन थालेपछि फसिने डरले बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन बैंकबाट राजीनामा गरेर हि“डिसकेका छन्।
सिभिल सहकारीमा जस्तै बैंकमा पनि तामाङको हालिमुहाली हुन थालेपछि बैंकका इमानदार कर्मचारी पनि एकपछि अर्को गर्दै छोडेर हिँड्ने गरेको पाइएको छ। वाणिज्य बैंकहरूमा अहिले सिभिल बैंकलाई खराब बैंकका रूपमा हेरिने गरिएको छ।
पछिल्लो समयमा उहा“द्वारा सञ्चालित फ्ल्याट सिस्टममा बेचिने भनी बनाइएका काठमाडौं सुन्धाराको सीटीसी मल नचलेर खाली भएपछि अहिले तामाङले घुमाउरो तरिकाले सिभिल बैंकलाई उक्त मलमा सार्ने प्रपञ्च गरिरहेका बताइएको छ। तामाङ आफैं अध्यक्ष भएको बैंक प्राविधिकरूपमा आफ्नै मलमा सार्न नसकिने भएपछि सीटीसी मल बेचिसकेको भन्दै हि“ड्न थालेका छन्।
९ महिनाको भाडा छुट भन्दै थुप्रै विज्ञापन गर्दा पनि सीटीसी मलका ठाउँहरू नबिकेपछि भाडाको ग्यारेन्टी दिएर केही ठाउँ बिक्री गरिएको थियो। ९ महिनाको भाडा बच्ने लोभले मलका केही ठाउ“ किनेका खरिदकर्ताका पसलहरू भाडामा नगएपछि भाडा लगाइदिने वचन दिएका तामाङको खोजीमा खरिदकर्ता भौंतारिरहेका छन्।
तर, तामाङ भने उनीहरूलाई नभेटी भाग्ने काम गरेको एक पीडितले समाचारपत्रसँग गुनासो गरेका छन्। तामाङकै कारण पछिल्लो समयमा मलको दुई तला मोबाइल कम्प्लेक्स बनाउन भनी न्युरोडको मोबाइल बजारलाई लिजमा दिइएको थियो।
उक्त मोबाइल बजारलाई १ लाख धरौटी दिएर सहुलियतमा पसल लिएका मोबाइल कम्पनीहरूलाई थाहै नदिई तामाङले मोबाइल बजारलाई त्यहा“बाट हटाएपछि अहिले त्यहा“ पसल थापेर बसेका मोबाइल कम्पनीहरूसमेत पैसा डुबेको भन्दै बिलौना गरेर हि“ड्न थालेका छन्।
४ वर्षअगाडि सुनधारमा पाँचतारे सुविधायुक्त आवासीय सिभिल लक्जरी रेजिडेन्स अपार्टमेन्ट बुकिङ खुला गरेको थियो। ४ वर्ष नाघिसक्दा पनि उक्त अपार्टमेन्ट बुकिङ हुन नसकेपछि तामाङ अहिले ३ अर्ब ५० करोडको लागतमा होटल बनाउने भन्दै प्रचार गर्न थालेका छन्।
तामाङले पछिल्लो समयमा बनाएको गोदावरी सिभिल होम्स्को हालत पनि उस्तै देखिएको छ। यसै गरी सुनाकोठीमा बनाएको फेज थ्रीको प्रोजेक्ट पनि पूर्वप्रतिबद्धताअनुसार नभएको भन्दै खरिदकर्ताहरूको आक्रोश पटक–पटक सार्वजनिक भइसकेको छ।
उपभोक्तलाई ठगेको भन्दै यहाँ बसोबास गरिरहेका खरिदकर्तासमेत बेला–बेलामा आन्दोलनमा उत्रिने गरेका छन्। बिक्री नभए पनि सबै अपार्टमेन्ट तथा घडेरी सीमित मात्रै रहेको भन्दै हतार–हतारमा बिक्री गरेर उपभोक्तालाई झुक्याउने गरेको गुनासो खरिदकर्ताहरूले गर्दै आएका छन्।
तामाङ समूहले उपभोक्ताको फोन नउठाउने, समयमै घर हस्तान्तरण नगर्ने, स्विमिङ पुलको सुविधा छ भन्दै विज्ञापन गर्ने तर उक्त सुविधा नदिने, उपभोक्त झुक्याउने र पूर्वाधारअनुसार कुनै पनि घर निर्माण नगरिएकाले सिभिल होम खरिद गर्ने प्रायः उपभोक्ताले अहिलेसम्म पनि घर निर्माण सम्पन्न भएको प्रमाणपत्र पाउन सकेका छैनन्।
 गैरजिम्मेवार तरिकाले व्यवसाय सञ्चालन गरेका कारण १० अर्बभन्दा बढी ऋणमा डुबिसकेका तामाङ राजनीतिक आडमा जोगिइरहेका छन्। सरकारले उनको व्यवसायको बारेमा समयमा नै ध्यान नदिने हो भने भोलि ओरियन्टल सहकारीका सुधीर बस्नेतकै हालतमा नपुग्ला भन्न सकिन्न। तामाङ अध्यक्ष रहेको बैंक मात्र नभई सिभिल सहकारीका सयौं उपभोक्तको लगानीसमेत जोखिममा पर्ने देखिन्छ।
 तामाङ आर्थिकरूपमा कमजोर बन्दै गएपछि रकम संकलन गर्न हालै सम्पन्न भएको घर–जग्गा मेलामा सिभिलको फेज–४ को नाममा धापाखेलमा बनाइने भनिएको अपार्टमेन्ट ३७ लाखमा पाइने भन्दै विज्ञापन गरिएको छ। महँगो अपार्टमेन्टको योजना देखाएर पहिले पैसा उठाउने पछि अनेकौं बहानामा उपभोक्ता ठग्ने तामाङको अर्को खेल शुरु भएको पीडित उपभोक्तहरूले बताउन थालेका छन्।
 यसबारे तामाङसँग पटक–पटक मोबाइलमा सम्पर्क गर्न खोज्दा पनि उहाँको फोन उठेन। सिभिल सहकारीमा सम्पर्कको प्रयास गर्दा सहकारीका व्यवस्थापक भीम खरेलस“ग सम्पर्क गर्दा उहाँले आफू दिनभर व्यस्त रहेको जानकारी दिँदै फोन राख्नुभयो
नेपाल समाचारपत्र,