नेपाल र चीनबीच काठमाडौँसम्म रेल्वे बिस्तार गर्ने सम्झौतामा हस्ताक्षर

 

काठमाडौ ७ असार —नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तेस्रो दिन बिहिबार ग्रेट हल अफ दि पिपुल्समा विभिन्न सम्झौता भएका छन् ।

रेलवे र कार्गो ट्रान्सपोर्टमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान युले हस्ताक्षर गरेका छन ।  । यस्तै, दुईवटा मैत्री पुल पुनर्निर्माण सम्बन्धि सम्झौतामा परराष्ट्र सचिव शंकरदास वैरागी र उपविदेशमन्त्री कङले गरेका छन ।