पानीको जारमा भेटियो दिसामा पाइने जिवाणु (इकोलाई)

 

काठमाडौ, असार ६ —  पानीको जारमा दिसामा पाइने जिवाणु इकोलाई भेटिएको छ । नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान नाष्ट ले गरेको अध्ययन परिक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्तm जीवाणु फेला परेको छ ।

नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरिएको थियो। त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेला परेको हो। ‘कलेज, स्कुल, होटल, सार्वजनिक स्थानमा राखिएका ५० ब्रान्डका पानी परीक्षण गरेका थियौं,’ पन्तले भने, ‘सिल भएका ब्रान्डबाट परीक्षण गर्दा अधिकांशमा जीवाणु फेला पर्योज।’

९अमिलोपना० एसिड फेला परेको जनाएको छ। मापदण्डअनुसार पीएच ६।५ देखि ८।५ बीचको हुनुपर्छ। तर, १२ प्रतिशतमा जारमा ६।५ भन्दा कम भएको पन्तले बताए। ‘पीएच कम हुँदा पानीको स्वाद हुँदैन। हात चिलाउने समस्या हुन्छ,’ उनले भने।
दुई प्रतिशत जारमा आइरन बढी देखिएको छ। मापदण्डअनुसार एक लिटरमा ०।३ मिलिग्रामभन्दा बढी आइरन हुनुहुँदैन। ४८ जारको पानीमा अमोनिया फेला परेको छ। अमोनियाले श्वासप्रश्वासमा समस्या हुन्छ। पानीमा तिखो गन्ध हुन्छ। लामो समयसम्म प्रयोग गरे मुटुसम्बन्धी समस्या हुने नाष्टले जनाएको छ। मापदण्डअनुसार पानीमा फ्लोराइडको मात्रा ०।५ देखि १।५ हुनुपर्छ। तर, १८ प्रतिशतमा जारको पानीमा उच्च मात्रामा फ्लोराइड फेला परेको छ। २० प्रतिशतमा कम मात्रामा पाइएको नाष्टले जनाएको छ।आजको कान्तिपुरमा समाचार छ ।