हात उठाएर मात्रै पार्टी एकता हुँदैन — रामचन्द्र पौडेल

काठमाडौ, ५ असार —  कागे्रस नेता रामचन्द्र पौडेलले हात उठाएर मात्रै पार्टी  एकता नहुुने बताएका छन । मकवानपुरको हेटौडामा जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा बोल्दै उनले भने ‘हात उठाएर एकता हुँदैन मन मिल्नुपर्छ’ पौडेलले भने,‘जिल्ला सभापतिहरू तपाईंहरू डाक्टर हुनुहुन्छ । तलसम्मको संगठनमा कहाँ के भएको छ । के भएको छैन सबै तपाईंहरुलाई थाहा छ । वास्तविक उपचार के गर्दा हुन सक्छ सभापतिले भन्नुपर्छ । पार्टीमा वैमनश्यता भएको विषयबारे सभापतिहरुले प्रष्ट पार्नुपर्छ ।’
उपसभापति विमलेन्द्र निधिले अब कांग्रेसले विचारले जित्दै आएको तर, कांग्रेस आफंैं कमजोर हुँदा संगठनलाई सुदृढ र पुनर्ताजगी दिनुपर्ने बताए ।