नेपालकै जेठो वीर अस्पताल अन्तराष्ट्रिय स्वरुपमा देखिदै

काठमाडौं, ३१ जेठ— नेपालको जेठो वीर अस्पताको स्वरुप अब परिवर्तन हुदैछ । १ सय २९ औं वर्ष पुरानो यो अस्पतालको वर्ष गाठ मनाउदै १६ सय ५० वेड सहित अत्याधुनिक भवन निर्माणको प्रक्रिया सुरु हुन थालेकोछ । वीर अस्पतालमा अहिले रहेको ठाउमा ६ सय ५० वेडको अन्तराष्ट्रिय मापदण्डको भवन निर्माण सूरु भइसकेकोछ ।
वीर अस्पताल १७ रोपनी जग्गामा छ । सात तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेसंगै निर्माण सुरु भएको थियो। भ्वन अढाई वर्षभित्र बनाइसक्ने लक्ष्य छ । यसै गरि भक्तपुरको दुवाकोटमा ५ सय ७० रोपनी क्षेत्रफलमा एक हजार वेडको अर्को अत्याधुनिक भवन निर्माण समेत अघि सारिने तयारीमा छ ।