फिल्म निर्माता माधव वाग्लेसहित ३ जना पुर्पक्षका लागि जेल चलान

 
काठमाडौ, जेठ ३०— २ करोड ६० लाख नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्ले पुर्पक्षका लागि जेल चलान भएका छन्।

बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिव खनालको इजलासले वाग्लेसहित नगेन्द्र बोगटी र सुदिर घिसिङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा उनीहरूसहित पक्राउ परेका प्रकाश सुवेदी र दिपेश नापीलाई अदालतले जनही १ लाख धरौटीमा छोड्ने आदेश दिएको छ। अर्का आरोपी साजन तामाङलाई भने साधारण तारेखमा छोडेको छ।

तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेविरुद्ध नक्कली नोटको कारोबारमा खोटा चलनमा मुद्दा दर्ता भएको हो।

उनीहरूलाई गत जेठ २ गते प्रहरीले काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबुबाट पक्राउ गरेको थियो।