‘नेकपा सुन्निएको पार्टी हो’ —बाबुराम भट्टराई

काठमाडौ ३० जेठ —नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ठुलो नभइ सुन्निएको पार्टी भएको नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले बताएका छन् । नयाँ शक्ति नेपालको स्थापनाको दोस्रो वर्ष पुरा गरेको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष संघीय भेलामा भट्टराइले भने
‘नेकपा हेर्दा मात्र ठुलो जस्तो देखिएको हो, वास्तविक रुपमा सुनिएको चाहीँ हो’। साथै उनले गाउँगाउँमा सिंहदरबार नभइ भ्रष्टचार मौलाएको समेत बताए । ‘अहिले गाउँगाउँमा सिंहदरबार हैन भ्रष्टचार गयो ।’ उनले भने, ‘अब भ्रष्टचार विरुद्ध नयाँ शक्ति पार्टीले काम गर्छ ।’