कोरियन भाषा परीक्षामा ५८ जना नक्कली परीक्षार्थी पक्राउ

उनका अनुसार २६ गते शनिबार भएको परीक्षामा ह्वाइट हाउस कलेज खुमलटारमा ६ जना, जेभिएर कलेज कालोपुलमा ३ जना, भिएस निकेतनमा १२ जना, गोल्डेन गेट कलेजमा २ जना, जेभियर कलेज वौद्धमा १४ जना पक्राउ परेका छन् ।

यस्तै ट्रिनिटी कलेज डिल्लीबजारमा २ जना, टाइम्स कलेजमा ६ जना, पिनाकल एकेडमीमा २ जना, नोवेल एकेडेमीमा ५ जना, युनिभर्सल कलेजमा ३ जना, रेडियन रिडर्स, मोलिस र नाइटेङ्गल कलेजमा १/१ जना पक्राउ परेका हुन् । पोखरामा भने नक्कली परीक्षार्थी भेटिएको छैन । आइतबार पनि परीक्षा सञ्चालन भैरहेको छ ।