काग्रेसद्धारा सभामुख वा उपसभामुखमध्ये एकको राजीनामा माग

काठमाडौं, २७ जेठ—  प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख वा उससभामुख मध्ये एक पद छाड्न सत्तारुढ दल नेकपासँग माग गरेको छ ।प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको पालना गर्न नेकपालाई आग्रह गरिन् ।

एमाले र माओवादी केन्द्रबीच एकता गरेर बनेको नेकपालाई निर्वाचन आयोगले २४ जेठमा दल दर्ता गरिसकेको भन्दै उनले सभामुख र उपसभामुखमध्ये अब एक पद छाड्नुपर्ने बताइन् । सभामुख कृष्णबहादुर महरा तत्कालीन माओवादी केन्द्रका सांसद हुन् र सर्वसम्मत सभामुख चुनिएका थिए । उपसभामुख शिवमाया तुम्बाहाम्फे एमाले सांसद हुन् ।   तर, अहिले एमाले र माओवादी मिलेर नेकपा बनेपछि कांग्रेसले दुई मध्ये एक पद छाड्न माग गरेको छ ।