गाउमा पहिलो पटक जीप आउदा स्थानीयले मनाए खुसियाली

पाल्पा, २७ जेठ—माथागढी गाउपालिका—२ को बोक्सादीमा पहिलो पटक जीप पुगेकोछ । स्थानीयवासीमा खुशिलयाली जीपको आगमने खुसियाली बढेकोछ । शनिबार गाउमा पहिलो पटक जीप पुगेपछि उत्साह र खुशियालीका साथ जीप हेर्न आउने भीड छ । पन्ध्र वर्ष अघि कसेनी सम्म सडक बनेको थियो ।
साबिकको वडा ९ दमार र बोक्सादीका स्थानीयवासीले सडक सुविधाको अनुभुति गर्न पाएका थिएनन् । जीप गाउमा ल्याएका चालक तिलक रिजेललाई स्थानीय वासले स्वागत गरेका छन् ।