१३ वर्षिया बालिका डेढ महिनादेखि वेपत्ता

कांकडभित्ता, २४ जेठ—झापाकी एक युवति डेढ महिनादेखि बेपत्ता भएकी छन् । झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षिया एलिसा गदाल डेढ महिनादेखि वेपत्ता छिन् ।
बैशाख २ गते बुधबारे बजार जान्छु भनेकी उनी घरबाट निस्किएकी थिइन् । आमा भीममाया र बुवा हेमबहादुर छोरी फर्किने आशामा सधैं बाटो हेरिरहन्छन् । अभिभावक छोरीको आशमा चिन्तीत छन् ।