बझाङ जिप दुर्घटनामा तीनको मुत्यु, २ जना गम्भीर घाइते

बझाङ, २४ जेठ—जिप दुर्घटनामा परि बझाङमा मृत्यु हुनेको संख्या तीन पुगेकोछ । मृत्य हुनेमा जिप चालक केदाररस्युं गाउपालिका—१ का ३५ वर्षिय लालबहादुर भण्डारी, यसअघि छविसपाथीभरा गाउपालिका—४ डाडा गाउका ४५ वर्षीया वीरेन्द्र बहादुर सिंह र उनकी पत्नी ३८ वर्षिया जलादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।
बुधबार बेलुका भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जिप छविस पाथीभेरा गाउँपालिका(४ को नेटाखानमा दुर्घटना भएको थियो। दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएकोछ ।