प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै परेको रिट सर्वोच्च अदालतमा खारेज

 

काठमाडौ,२४ जेठ —प्रधान न्यायाधीश नियुक्ति गरिपाउँ भनी सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।
प्रधानन्यायाधीशको सिफारिसमा तेस्रो नम्बरमा रहेका वरिष्ठतम न्यायाधीश चोलेन्द्रशमसेर जबराको इजलासले कारण देखाउ आदेश जारी गर्नु नपर्ने भन्दै रिट खारेज गरेको हो ।
संसदीय सुनुवाइ समिति नबनेका कारण प्रधान न्यायाधीशको नियुक्ति हुुन भने सकेको छैन ।